aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाली सेनाद्वारा हवाई उद्धार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ कार्तिक २०८०
नेपाली सेनाद्वारा हवाई उद्धार

काठमाडौं । नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ । यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो । कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस