aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ कार्तिक २०८०
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित ललितपुर चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्षीय अमर शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस