aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

'ओयो'ले बनायो २५ वर्षे रितेशलाई ७५०० करोडको मालिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
'ओयो'ले बनायो २५ वर्षे रितेशलाई ७५०० करोडको मालिक

एजेन्सी । पच्चीस वर्षको उमेरमा प्रायजसो युवाहरु जागिरको खोजीमा भौतारिँदै  हुन्छन् । यदि जागिर शुरु गरीसकेका भए बढुवाको आशमा हाकिमको चाकरीमा लिप्त देखिन्छन् । तर, भारतका रितेश अग्रवाल भने २५ वर्ष मै ७ हजार ५ सय करोडका मालिक छन्, त्यो पनि आफ्नै मेहनतको कमाईको । हो, यहाँ ति सफल युवाको कथा प्रस्तुत हुँदैछ जसले गएको एक वर्षमा मात्र आफ्नो सम्पतिमा १८८ प्रतिशतको बृद्दी गरे । 

उनि 'ओयो' नामक होटल तथा आवास सेवा कम्पनीका मालिक हुन् । जसका उनि संस्थापक र प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनको कम्पनीको मातहतमा भारतका ५ सय भन्दा बढी शहरमा मात्र १८ हजारभन्दा बढी होटल संचालनमा छन् । अहिले  प्रत्यक्षरुपमा २० हजार जना भन्दा बढीलाई उनले रोजगारी दिएका छन् ।

संसारभर गरेर ओयोमा आवद्ध होटलको संख्या ३५ हजार छ भने एक लाख २५ हजार 'भ्याकेसन होम' समेतले ओयोको ब्रान्ड प्रयोग गरिरहेका छन् । जम्मा ८० ओटा मुलुकका ८ सय भन्दा बढी सहरमा १२ लाख कोठाहरु ओयो मार्फत उपलब्ध छन् ।   

यसरी बन्यो 'ओयो' ब्रान्ड 

नेपालका काठमाडौँ, पोखरा लगायतका सहरमा होटलले समेत आफ्नो होटलको भन्दा ठुलो आकारमा 'ओयो'को साइनबोर्ड देख्दा धेरैले प्रश्न गर्ने गर्छन्, 'के हो यो ओयो भनेको ?' अत्याधिक सफल होटल ब्रान्ड ओयोको पुरा रुप हो, 'अन योर ओन' अर्थात् 'तपाइको आफ्नोमा' ।  रितेशले एक अन्तर्वार्तामा बताए अनुसार भएको के थियो भने जव रितेश आफन्तको घरमा बसेर पढ्थे त्यो बेला उनको हातमा टिभीको रिमोट पर्नै पाउदैन्थ्यो । उनि बसेको घरमा मान्छे टिभीमा ओपेरा हेर्थे भने उनलाई कार्टुन हेर्न मन लाग्थ्यो । उनले आफ्नै हातमा रिमोट हुन पाउने गरि आफ्नो नियन्त्रणमा रहने कोठाको परिकल्पना गर्दा ओयो बन्न पुगेको हो ।

१७ वर्षमै पढाई छोडेका थिए  

उनले १७ वर्षको उमेरमा आफ्नो व्यवशायिक जीवन शरु गरेका हुन् । जसमा उनले ब्याग प्याकिंगबाट थालनी गरे । अनि सस्तोमा राम्रो बासस्थानको रुपमा ओयोको थालनी गरे । आखिर १७ वर्षको उमेरमा औपचारिक अध्ययन छोडेका उनि ओउपचरिक शिक्षा बिना नै सफलता प्राप्त गर्ने व्यक्तिको रुपमा उदाहरण नै बन्न सके । हाल तिनै पढाई छोडेका अग्रवाल विश्वभर कसरि सफल उद्यमी बन्ने भन्ने कुरा पढाउँदै हिड्छन् । जो केहि वर्षअघि उडिसाको एउटा सानो सहरमा सिमकार्ड बेच्दै हिड्थे ।

उनि भन्छन्,'म बिश्वबिद्यालयमा गएर लेक्चर दिंदा उनीहरुलाई पढाई छाड्न उत्प्रेरित गर्छु किनकि म जस्तै पढाई छाडेर सफल बनेका बिल गेट्स र 'ओला क्याब'का सहसंस्थापक ३२ वर्षे भविष अग्रवाललाई मेरा प्रेरणाका स्रोत मान्छु ।'

प्रतिक्रिया दिनुहोस