aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जुवा खालबाट सेनाका पूर्व उपरथीसहित ८ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ कार्तिक २०८०
जुवा खालबाट सेनाका पूर्व उपरथीसहित ८ जना पक्राउ

काठमाडौं । ललितपुरको एक घरबाट नेपाली सेनाका पूर्व उपरथी होम लावतीसहित ८ जना जुवा खेलिरहेका व्यक्ति पक्राउ परेका छन् ।  ललितपुरको हात्तिवन स्थित जुवा खालबाट  पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु फक्राउ परेका हुन ।

 उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस