aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० कार्तिक २०८०
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

खलङ्गा  । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस