aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अमेरिकासामु चीन र रूसको विपरीत कार्ड, विश्व अर्थतन्त्रमा कस्तो असर ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ मंसिर २०८०
अमेरिकासामु चीन र रूसको विपरीत कार्ड, विश्व अर्थतन्त्रमा कस्तो असर ?

एजेन्सी । तीनै चरणका शीतयुद्ध, व्यापार युद्ध र पछिल्लो नयाँ शीतयुद्धका कारण विश्वलाई तनावग्रस्त बनाएका अमेरिका, रूस र चीनले कूटनीतिमा नयाँ, तर विपरीत कदम चालेका छन्‌ । आर्थिक र सामरिक महाशक्ति तीन राष्ट्रहरूको यस्तो कदमले कमजोर अर्थतन्त्रका कारण धर्मराइरहेका अल्पविकसित र विकासोन्मुख मुलुकहरूलाई थप प्रभाव पार्ने निश्चितजस्तै भएको छ ।

विश्व अर्थतन्त्रको करिब २५ प्रतिशत हिस्सा ओगटिरहेको अमेरिका र १८ प्रतिशत हिस्सा ओगटिरहेको चीनसँगै ६.५१ ट्रिलियन अमेरिकी डलर बराबरको अर्थतन्त्र रहेको रूसको द्विपक्षीय सम्बन्धमा पछिल्ला दुई दिनमै नयाँ कोर्ष शुरू भएको हो । सन्‌ २०२२ मा यी तीन देश विश्व अर्थतन्त्रका क्रमश: पहिलो, दोस्रो र एघारौं स्थानमा थिए ।

कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) आकारमा केही कमजोर देखिए पनि रूसले निर्यात गर्ने उत्पादनका कच्चापदार्थ, खनिज तेल, अन्नबाली तथा उपकरणले विश्व अर्थतन्त्रमा सोझै प्रभाव पार्ने गरेको छ । रूस हाल युक्रेनसँग युद्धरत छ र उसले युक्रेनका सहयोगीलाई इन्धन र खाद्यान्न नदिने निर्णय गर्दा यो हिउँदमा यूरोपका बासिन्दा हिँउमा कठ्याङ्‍ग्रिने अवस्था निम्तिँदैछ ।

सम्बन्ध सुधार्ने सीको वाचा

चीनका राष्ट्रपति सी जिनपिङले गत बुधबार अमेरिकाको साझेदार र मित्र बन्न आफ्नो मुलुक तयार रहेको बताएका छन्‌ । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष दुई देश बीचको कटाक्षपूर्ण कूटनीतिमा नरमपना देखाएका हुन्‌ । सी जनगणतन्त्र चीनका संस्थापक माओत्से तुङ (माओ जेदोङ) पछिका शक्तिशाली नेता मानिन्छन्‌ ।

‘यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ’, एसिया–प्रशान्त आर्थिक सहयोग ‘एपिइसी’ शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उनले भने । 

राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उनको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उनहरूले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा समेत गरेका छन्‌ ।

राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उनको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उनहरूले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा समेत गरेका छन्‌ । उच्चस्तरीय सैन्य हटलाइनलाई पुनः सक्रियताका साथ सुरु गरी दुवै पक्षले लक्जरी फिलोली एस्टेटमा वार्तापछि धेरै सम्झौताको घोषणा गरेका छन् । 

‘हामीले धेरैभन्दा धेरै पुल बनाउनुपर्छ र जनता–जनताबीच कुराकानी गर्नका लागि अधिक सडक बनाउनुपर्छ’, करिब चार सय व्यापारिक नेता, सरकारी अधिकारी र शिक्षाविदहरूको उपस्थितिमा चिनियाँ राष्ट्रपति सीले भने, ‘हामीले विभिन्न अवरोध सिर्जना गर्नु हुँदैन वा भयावहको प्रभाव सिर्जना गर्नु हुँदैन ।’

सो अवसरमा उपस्थित हुने अतिथिहरूमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याकरकका लरेन्स फिङ्क र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला थिए । 

चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका–चीन व्यापार परिषद् र अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो ।

अमेरिकी कम्पनीहरूले तीव्ररूपमा चीनमा लगानी गर्नबाट पन्छिरहन खोजेसँगै सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौंको सबैभन्दा तल्लो स्तरमा पुगेको अमेरिकी र युरोपेली उद्यम लबीहरूले बताएको छन् ।

‘च्याप्टर क्लोज’ गर्न सक्छौं : रूस

रूस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो संकटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रूसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

रूस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९० औं वर्षगाँठको उपलक्ष्यमा परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ ।

‘यो रूसको छनोट होइन, यद्यपि, संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ र यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले बताएको छ ।

वाशिङ्‌टनको ‘रूसोफोबिक’ (रूस र रूसी जनताप्रतिको डर, वितृष्णा) गतिविधिका कारण सम्बन्ध विच्छेदन हुने जोखिममा रहेको मन्त्रालयले जनाएको हो ।

‘यो रूसको छनोट होइन, यद्यपि, संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ र यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले बताएको छ ।  वाशिङ्‌टनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रूसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रूसको दाबी छ।  

अमेरिकी आधिपत्य र प्रभुत्वलाई ‘आधारभूत विश्वदृष्टिकोण’ मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्‍याएको रूसको बुझाइ छ ।

‘संयुक्त राज्य अमेरिका रूसका जनताको अशान्ति र स्थीर शासन व्यवस्था परिवर्तनलाई व्यवस्थित गर्नमा केन्द्रित छ, र यसले यी लक्ष्यहरू प्राप्त गर्न स्रोतहरू लगानी गरिरहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस