aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जुवा खेल्दा खेल्दै होटलबाट २० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ मंसिर २०८०
जुवा खेल्दा खेल्दै होटलबाट २० जना पक्राउ

काठमाडौं । झापा, गौरादह नगरपालिका(३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय टंक बराल समेत १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको छ ।  

भोजपुर, टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् ।  । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटल संचालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई बिहीबार राति पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० रूपैयाँ र १ बुक तास बरामद भएको छ ।  दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस