aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दुई महिनामा २ खर्ब ११ अर्बको व्यापार घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
दुई महिनामा २ खर्ब ११ अर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब १८ लाख रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा दुई महिनामा व्यापार घाटा ३ दशमलब ०५ प्रतिशतले कम भएको छ। सो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो। आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको छ । 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार दुई महिनामा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा २ खर्व ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले बढी हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस