aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

टिकटक बन्द गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ मंसिर २०८०
टिकटक बन्द गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । टिकटक बन्द गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो । 

टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरुमा समेत हनन भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन ।  २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस