aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यस्तो देखियो फोरेन्सिक रिपोर्टमा, महरालाई आजै अदालतमा पेश गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
यस्तो देखियो फोरेन्सिक रिपोर्टमा, महरालाई आजै अदालतमा पेश गरिने

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो। प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो।

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ। रोशनीमाथि बलात्कार प्रयास आरोपमा निवर्तमान सभामुख महरा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । 

पक्राउ परेकै दिन राति उनको पनि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो । उनको फरेन्सिक जाँचसमेत गरिएको थियो । उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आइनसकेको स्रोतको भनाइ छ।

असोज १८ गते रोशनीले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा महराले आफमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टै काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । महरा अहिले प्रहरी निगरानीमै थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार क्रममा छन् । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी चिकित्सकको रायअनुसार अस्पताल भर्ना भएका हुन् । 

मंगलबार अदालत खुलेपछि, महरालाई अनुसन्धानका लागि म्याद थप गर्न लैजाने प्रहरीको तयारी छ।  यो समाचार अजाको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
 

यो पनि पढेनुहोस् : महरालाई अझै तीन दिन थुनामै राख्न अदालतको अनुमति

 

 

प्रतिक्रिया दिनुहोस