aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जुवाको खालबाट असीजना पक्राउ, हालसम्म ३६९ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ मंसिर २०८०
जुवाको खालबाट असीजना पक्राउ, हालसम्म ३६९ जना पक्राउ

चितवन  ।  जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ । उनीहरुबाट रु तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो । उनीहरु धरौटीमा रिहा भएका छन् । पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन् । उनीहरुबाट  दुई लाख ३० हजार चार सय ४२ रुपैयाँ बरामद गरिएको थियो ।

दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा देशभरबाट १६० जना जुवाडे पक्राउ परेका थिए । तिहारमा पक्राउ पर्ने जुवाडेहरूको सङ्ख्या दोब्बर भएको छ । तिहार अवधि देशभरबाट ३६९ जना जुवाडेहरूलाई पक्राउ परेका थिए ।  

घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्म देशभर सञ्चालित २१ वटा जुवा खालबाट प्रहरीले ३१ लाख ६ हजार ३१९ रुपैयाँ नगद बरामद गरेको छ । तिहारको समयमा जुवा खालबाट ५३ लाख ८७ हजार ९६१ रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कबाट देखिन्छ । 

प्रतिक्रिया दिनुहोस