aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आगलागीबाट करिब ६० लाखको धनमाल जलेर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ मंसिर २०८०
आगलागीबाट करिब ६० लाखको धनमाल जलेर नष्ट

काठमाडौं । कैलाली, चुरे गाउँपालिका–१ मेलबास बस्ने शिब बहादुर बिकको घरमा शनिबार दिउँसो आगलागी हुँदा नगद तथा विभिन्न सुन तथा चाँदीका गरगहना, लत्ताकपडा समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

 यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका–१०तिघरी बस्ने ५० वर्षीय केशव प्रसाद जैशीको घरमा शनिबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, काठ र डोरीले बनेको खाट, कुर्सी, टेबल, पूर्णरूपमा जलेर करिब ६ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
 
म्याग्दी, मंगला गाउँपालिका(३ बंरजा खानीगाउँ बस्ने ६३ वर्षीया हरिकला रोक्काको धन्सारमा शनिबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका–११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा विद्युत तार सर्ट भई शनिबार साँझ आगलागी हुँदा आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस