aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महरालाई अदालत पेस गरिँदै, डीएनए परीक्षणको पनि तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
महरालाई अदालत पेस गरिँदै, डीएनए परीक्षणको पनि तयारी

काठमाडौं । बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत पेस गरिने भएको छ । उच्च रक्तचापलगायतका स्वास्थ्य समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महराको स्वास्थ्य सुधार भएपछि  काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी भएको स्रोतले बतायो । 
महरालाई शुरुमा सरकारी वकिलसमक्ष बयानका लागि पेस गरिने र त्यसपछि अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ । 
उता पीडित भनिएकी रोशनी शाहीको कोठामा भेटिएको फुटेको चश्मा, जुत्ताको तलुवा, रक्सीको बोतल तथा गिलासको पहिचान गर्न महराको डीएनए परीक्षण तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस