aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुदा सुनुवाइ हुन नसकेको भएको हो ।

उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस