aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काठमाडौं हुँदै थिम्पुमा २ किलो कोकिन पुर्‍याउन खोज्ने को ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
काठमाडौं हुँदै थिम्पुमा २ किलो कोकिन पुर्‍याउन खोज्ने को ?

काठमाडौं । काठमाडौं हुँदै भुटानको थिम्पु पुर्‍याउन खोजिएको २ किलो कोकिनसहित भारतकी एक महिला पक्राउ परेकी छिन्‌ । मिजोरम घर भएकी ३२ वर्षीया किमरो साँगी इथियोपियाबाट दोहा हुँदै कोकिन बोकेर सोमबार काठमाडौं आइपुगेकी थिइन्‌ ।

सोमबार बिहान १० बजेतिर उनलाई कोकिनसहित नेपाल प्रहरीले पक्राउ गरेको हो । साँगीको साथबाट प्रहरीले १९७३ ग्राम कोकिन बरामद गरेको छ । कोकिन तस्करीबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस