aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मंसिर ७ गते हुने विरोध सभादेखि सरकार डरायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
मंसिर ७ गते हुने विरोध सभादेखि सरकार डरायो

काठमाडौं ।  मंसिर ७ गते काठमाडौंमा हुने विरोध सभाका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा र युवा संघले गर्ने विरोध सभालाई हेरेर निषेधित क्षेत्र घोषणा गरेको हो । 

एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने कारणले माइतीघर मण्डलाबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए ।

आन्दोलन वा विरोधका कार्यक्रम गर्दा सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायको कामकारवाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न सक्ने र एम्वुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेत भएकोले प्रशासनले निषेधित क्षेत्र तोकेको प्रजिअ बस्नेतले जानकारी दिए । 

धारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस