aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सरकार र निजी क्षेत्रबीच आर्थिक सुधारबारे सिंहदरबारमा छलफल शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ मंसिर २०८०
सरकार र निजी क्षेत्रबीच आर्थिक सुधारबारे सिंहदरबारमा छलफल शुरू
फाइल फोटो ।

काठमाडौं । सरकार र निजी क्षेत्रबीच आर्थिक शिथिलता समाधान गर्नेबारे सिंहदरबारमा छलफल शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, उनको क्याबिनेटका विभागीय मन्त्रीहरू, नेपाल राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रको छाता संस्थाका प्रतिनिधिहरू यतिखेर प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेला भएका छन्‌ ।

आर्थिक अवस्था संकटोन्मुख भएपछि प्रधानमन्त्रीले हिजो (सोमबार) बेलुकी छलफल थालेका थिए । सरकारको वित्त र मौद्रिक नीति तथा आर्थिक आचरणका कारण नागरिकमा आर्थिक गतिविधिप्रति निरुत्साह बढ्न थालेपछि सरकार यतिखेर दबाबमा छ ।

सोमबार बालुवाटारमा बसेको बैठकले निजी क्षेत्रसँग अर्थतन्त्र सुधारबारे छलफल गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार आज सरकारले निजी क्षेत्रका प्रतिनिधिहरूलाई बालुवाटार आउन निम्तो दिएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल, सबै उपप्रधानमन्त्री, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, केही अर्थविद्‌हरू एवम्‌ निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरू उपस्थित छन्‌ ।

प्रतिक्रिया दिनुहोस