aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

५ करोड लागतमा टुरिजम उद्यान बनाइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
५ करोड लागतमा टुरिजम उद्यान बनाइँदै

चितवन । चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको इको टुरिजम उद्यान सञ्चालनमा ल्याइने भएको छ । 

प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सोमबार सो उद्यानको शिलान्यास गरेका हुन । वनको आयआर्जनका लागि ५ करोड रुपैयाँको लागतमा शिखर हरियाली सामुदायिक वनको १३ बिघा जमीनमा अत्याधुनिक सामुदायिक उद्यान निर्माण गर्न लागिएको हो । 

उद्यान परिसरमा स्वीमिङ पुल, बाल उद्यान, फूलको बगैँचा, पानीको फोहोरा, वनभोजस्थल, आरामका लागि गोलघर, बिजुलीको व्यवस्था हुने सामुदायिक वनका अध्यक्ष केदार आचार्यले जानकारी दिएका छन ।

उद्यान निर्माणको जिम्मो सेभ इञ्जिनीयरिङ कन्स्ट्रक्सन प्रालिले पाएको छ । प्रालिले १८ महीनाभित्र उक्त उद्यान निर्माण गर्नेगरी सम्झौता समेत गरिसकेको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले उद्यान निर्माणपछि पूर्वी चितवनको महत्वपूर्ण पर्यटकिय गन्तव्य बन्ने विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस