aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गोदाबरी पुष्प मेलामा ३ अर्ब फूलको कारोबार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
गोदाबरी पुष्प मेलामा ३ अर्ब फूलको कारोबार हुने

काठमाडौं । आउँदो कात्तिक १ गतेदेखि ४ गतेसम्म  गोदाबरी पुष्प मेला प्रर्दशनी हुने भएको छ ।

गोदावरी फूलको बिकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले विगतका बर्षमा जस्तै यसबर्ष पनि तिहार अघि नै मेला आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ । 

मेलामा ४४ ओटा फुलको व्यवसायिक कारोबार गर्ने स्टल राखिने, ४ ओटा सुचनामूलक स्टल र एउटा प्रतियोगितात्मक स्टल रहने आयोजकले जनाएको छ । 

अहिले जाडो मौसमका बेला फूल विदेशबाट आयात हुदै आएको छ । खासगरी अहिले १२ प्रतिशतकै हाराहारीमा विदेशबाट फूल आयात भएको पाइन्छ । 

गत आर्थिक बर्षमा २ अर्ब ४२ करोडको कारोबार भएको र यस वर्ष झन्डै ३ अर्बको कारोबार हुने आयोजकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस