aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कम्बोडियाले खानीबाट ९ टन सुन झिक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ मंसिर २०८०
कम्बोडियाले खानीबाट ९ टन सुन झिक्यो

एजेन्सी । कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको घोलसहित झण्डै ९ टन डोरे बारहरू उत्पादन गरेको छ  ।

खानी तथा ऊर्जा मन्त्री केओ रतनकले ‘कम्बोडियामा खानी तथा ऊर्जा नीति’ विषयक मञ्चमा बोल्दै रतनकले हाल दक्षिणपूर्वी एसियाली मुलुकमा ६ वटा कम्पनीले सुनको प्रशोधन गरिरहेको बताएका छन्‌ ।

अहिलेसम्म, कम्बोडियाले १ हजार ४० सुनको बार उत्पादन गरेको छ, जसको तौल ८ हजार ९७९ किलोग्राम छ । सरकारले ती खानी फर्महरूबाट राजश्वस्वरूप १४.४ मिलियन अमेरिकी डलर भन्दा बढी संकलन भएको छ ।

छवटा कम्पनीहरू मध्ये, उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तमा रहेको अष्ट्रेलिया (सूचीबद्ध इमराल्ड रिसोर्सेस एनएलको सहायक कम्पनी रेनेसान्स मिनरल्सले सबैभन्दा बढी उत्पादन गरेको छ भने, अन्य पाँच कम्पनीले कम उत्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस