
एजेन्सी । इजरायली सरकारले गाजामा अस्थायी युद्ध विरामको लागि सम्झौता गर्न स्वीकार गर्ने पक्षमा मतदान गरेको छ। हमाससँगको छलफल पछि कतारले यस्तो प्रस्ताव इजरायल समक्ष पठाएको थियो ।
यो युद्ध बिरामको क्रममा हमास लडाकुहरूले बन्धक बनाएका केही इजरायली र इजरायलको जेलहरूमा रहेका केही प्यालेस्टिनी कैदीहरूलाई साटासाट गरिने स्थानीय मिडियाले बुधवार बिहान रिपोर्ट सार्वजनिक गरेका हुन् ।
गाजामा हमासले बन्धक बनाएका करिब २४० जनाका परिवार र साथीहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आग्रह गर्दै तेल अवीवमा हिजो मंगलबार प्रदर्शन गरेका थिए । इजरायली मन्त्रिपरिषद्को निर्णयलाई इजरायली सुरक्षा सेवाका सबै शाखाहरूले समर्थन गरेको एक वरिष्ठ इजरायली अधिकारीले स्थानीय संचार संस्था हारेट्जलाई बताएका छन् ।
प्यालेस्टिनी लडाकुहरूले करिब ५० इजरायली महिला र बालबालिकालाई रिहा गर्ने अपेक्षा गरिएको रोयटर्सले रिपोर्ट गरेको छ। यदि इजरायली सर्वोच्च अदालतले सम्झौतालाई चुनौती दिँदै प्यालेस्टिनी कैदीहरूको रिहाइमा रोक नदिएमा नलगाएमा पहिलो चरणका बन्धकहरू बिहीबार नै रिहा हुनसक्ने जनाइएको छ ।
इजरायलले प्यालेस्टिनी कैदीहरूको रिहाइको लागि सेट गरिएको सूची प्रकाशित गर्ने तयारी गरेको छ। जसबारे उनीहरूको आपत्तिहरू पेश गर्न जनतालाई २४ घण्टा हुनेछ। यस सूचीमा रूपमा लगभग १५० प्यालेस्टिनीहरू समावेश हुनेछन्, जसमा अधिकांश महिला र बालबालिकाहरू छन्। ती मध्ये कुनै पनि बन्दीलाई कुनै इजरायलीहरूलाई मारेको आरोप लागेको भने हुनुहुने छैन ।
टाइम्स अफ इजरायलका अनुसार यदि हासले थप महिला र बालबालिकालाई मुक्त गर्छ भने अस्थायी युद्ध विरामलाई थप विस्तार गर्न सकिन्छ। मतदान अघि, प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मन्त्रीहरूलाई भने कि सम्झौता स्वीकार गर्नु "एक कठिन तर यो सही निर्णय हो" र इजरायलले अस्थायी युद्ध विराम पछि हमाससँगको युद्ध जारी राख्ने वाचा गरे।
"हामी युद्धमा छौँ, र हामी युद्ध जारी राख्नेछौँ," नेतान्याहुले भने। "हामी हाम्रा सबै लक्ष्यहरू प्राप्त नगरेसम्म जारी रहनेछौँ।"
प्रतिक्रिया दिनुहोस