
एजेन्सी । काठमाडौंदेखि गाजापट्टीको शार्म पार्क सम्मको सीधा दूरी (एरियल डिस्ट्यान्स) करिब ४९०० किलोमिटर पर्छ । भू-मध्य सागरको पूर्वी तटमा पर्ने सो पार्क यतिखेर रक्तरञ्जित छ । इजिप्ट र गाजापट्टीको सीमा सडक तबा रफाहमा रङ बोकेको गाडी पल्टिएभन्दा पनि बढी । अनि, रफाहदेखि इजरायल-लेबनान सीमाले ओगट्ने करिब २१३ किलोमिटर भू-मध्यसागरको तटीय छालमा पनि निर्दोष इजरायली र प्यालेस्टाइनी नागरिकहरूको रगत मिसिएको छ ।
गत असोज ७ गते गाजापट्टीमा शासन गरिरहेको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलतर्फ एकसाथ हजारौं रकेट दाग्दै प्रत्याक्रमण गर्यो । यहुदी र मुसलमानहरू भू-मध्यसागर किनारको उबडखाबड मैदानमा कम्तिमा ७५ वर्षदेखि आफ्नो अस्तित्व रक्षाका लागि सघन द्वन्द्वमा छँदैछन् ।
यो सामग्रीमा गाजापट्टीको एउटा पार्क र काठमाडौंबीचको दूरी किन नापियो भने इजरायल-हमासबीच जारी युद्धमा १० नेपालीले पनि ज्यान गुमाएका छन् । कृषि अध्ययन गर्न इजरायल पुगेका नेपालका युवा विद्यार्थी विपीन जोशी हालसम्म बेपत्ता छन् । इजरायलले उनी हमासको नियन्त्रणमा रहेको दाबी गरिरहेको छ ।
आम मानिसलाई जारी युद्ध इजरायल-प्यालेस्टाइन विवादको निरन्तरता जस्तो लाग्न सक्छ । सो युद्धमा हालै आफन्त र आफ्नो नागरिक गुमाएको नेपाललाई विस्मातमय पनि । तर, जारी युद्धले वैश्विक व्यवस्थामा उपथपुथल ल्याउँदैछ । त्यो उथलपुथलको नायक चाहिँ नेपालकै उत्तरी छिमेकी तथा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन बन्दैछ ।
बेइजिङमा प्रतिनिधि पठाएका अधिकांश अरब र मुस्लिम देशहरू अमेरिकाका परम्परागत मित्र रहीआएका थिए । तेल बेच्न र हतियार किन्न, प्रविधि किन्न संशाधन बेच्न यी मुलुकबीच अमेरिकालाई लिएर सँधै प्रतिष्पर्धा हुने गरेको थियो ।
सन् १९४५ सेप्टेम्बर २ मा दोस्रो विश्वयुद्ध सकिएपछि संसार दुई ध्रुवमा बाँडियो । आफूलाई स्वतन्त्र विश्व अर्थात् पूँजीवादको नेतृत्वकर्ताका रूपमा उभ्याउँदै अमेरिकाले विश्वभर ताण्डव मच्चायो । अर्कातिर सोभियत संघले पनि समाजवादरसाम्यवादको आवरणमा आफ्नो स्वार्थको रोटी सेक्न कुनै कसर बाँकी राखेन ।
सोभियत संघ विघटन भएपछि सन् १९९० यता विश्व अमेरिका नेतृत्वको एकध्रुवीय विश्व व्यवस्थामा जकेडियो । अमेरिकी नेतृत्वमा विश्वभर पृथ्वीमा युद्ध, अशान्ति, आतङ्कवाद, गरिबी, जलवायु सङ्कट, आर्थिक सङ्कट, साना तथा अविकसित देशमाथि हमला लगायतका समस्या झनै बढ्यो । झण्डै ३३ वर्षदेखि विश्व एकध्रुवीय व्यवस्थामा छ । तर, अमेरिकी नेतृत्वको यो शक्तिविन्यास क्रमशः कमजोर हुँदैछ । र, द्वन्द्व जारी रहेको भू-मध्यसागरको तट नै सम्भवतः अमेरिकी एकध्रुवीय शक्तिको समाधिस्थल बन्न सक्छ ।
विश्वभरकै ‘नलेज स्कूल’ले यस्तो दाबी किन गरिरहेको छ भने अमेरिकी शक्ति पछिल्लो दशकमा बहुध्रुवमा बाँडिएको छ । संसारका प्राकृतिक/आर्थिक संशाधन आजका दिनमा अमेरिकाको हातबाट कि चीन या सम्बन्धित देश तथा क्षेत्रको स्वामित्वमा जाँदैछ । तेलदेखि सुनसम्म र मुद्रादेखि निर्यात व्यापारसम्ममा अब अमेरिका निरिह करिब बनेको छ ।
जारी इजरायल-हमास युद्धलाई अमेरिकाले आफ्नो प्रभुत्व स्थापनाको करिब अन्तिम लडाईं बनाइरहेको छ । अमेरिकी खेमाको समर्थनमा इजरायलले गाजापट्टीमा स्थल र हवाई युद्ध लडिरहेको छ, तर प्यालेस्टाइनीमाथि बर्बरतापूर्वक बर्साइएका बमगोलाको धमाकाले चाहिँ अमेरिकी एकध्रुवीय विश्व व्यवस्थालाई देखिनेगरी चर्काइदिएको छ ।
चीनको प्रवेश
पश्चिमाहरूले मध्यपूर्व भन्ने र नेपालबाट दूर पश्चिमामा पर्ने भू-मध्यसागरको पूर्वी किनारामा गाजा र इजरायलको सीमा झैं अमेरिका र चीनबीच प्रष्ट कित्ता देखिएको छ । अरब र मुस्लिम बहुल मुलुकका विदेशमन्त्रीहरू भू-मध्ये सागर किनारको द्वन्द्वलाई लिएर चीन गुहार्न बेइजिङ आइपुगेका छन् ।
बेइजिङमा प्रतिनिधि पठाएका अधिकांश अरब र मुस्लिम देशहरू अमेरिकाका परम्परागत मित्र रहीआएका थिए । तेल बेच्न र हतियार किन्न, प्रविधि किन्न संशाधन बेच्न यी मुलुकबीच अमेरिकालाई लिएर सँधै प्रतिष्पर्धा हुने गरेको थियो ।
युद्धको मोर्चामा शक्तिशाली मध्यस्थकर्ताका रूपमा उभिन चीनले हमासलाई समर्थन गर्ने अरब र मुस्लिम मुलुकहरूको समर्थन खोजिरहेको थियो । उता, इजरायललाई सघाएर रक्तपात बढाइरहेको अमेरिका सो भूमिका निभाउन अयोग्य रहेको जनाउ मुस्लिम-अरब मुलुकहरूले दिइसकेका थिए ।
तर, गएको सोमबार विश्व कूटनीतिक मञ्चमा फरक दृश्य देखियो । चीनका विदेशमन्त्री वाङ यी बेइजिङमा अरब र मुस्लिम बाहुल देशका विदेशमन्त्रीहरूलाई इजरायल-प्यालेस्टाइन द्वन्द्व अन्त्यको प्रयासमा स्वागत गर्दै थिए । अरब र मुस्लिम प्रतिनिधिहरूले चीनबाटै भने, ‘गाजामा इजरायलले एकतर्फी लडिरहेको मानवताविरोधी युद्ध रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ ।’
बेइजिङमा साउदी अरब, जोर्डन, मिस्र, प्यालेस्टाइन राष्ट्रीय प्राधिकरण र इंडोनेशियाका विदेशमन्त्रीका साथै इस्लामिक सहयोग संगठनका प्रमुख पनि उपस्थित थिए । अरब र मुस्लिम जगतका अन्य कयौं वरिष्ठ प्रभावशाली नेताहरू पनि बेइजिङमा दुई दिने यात्रामा थिए । उनीहरूले यस्तो यात्रा यसअघि अमेरिका र उसका सहयोगी मुलुकहरूमा बाक्लै गर्ने गरेका थिए ।
बेइजिङमा उनीहरूले इजराइल र हमासबीच जारी युद्ध अन्त्य हुन किन आवश्यक छ र त्यस निम्ति आफूहरू पश्चिमा मुलुकको साटो चीन नै किन आउनुपर्यो भन्ने विस्तृतमा खुलाए । आर्थिक र सामरिक मोर्चाबाट अमेरिकी एकध्रुवीय व्यवस्था लगभग तोडिसकेको चीनले पनि निकै अघिदेखि भू-मध्य सागरको तटीय मैदानमा इजरायल र प्यालेस्टाइनीबीच ‘कन्भेन्सनल ब्याटल’ अन्त्य गराउन प्रयास गरिरहेकै थियो ।
युद्धको मोर्चामा शक्तिशाली मध्यस्थकर्ताका रूपमा उभिन चीनले हमासलाई समर्थन गर्ने अरब र मुस्लिम मुलुकहरूको समर्थन खोजिरहेको थियो । उता, इजरायललाई सघाएर रक्तपात बढाइरहेको अमेरिका सो भूमिका निभाउन अयोग्य रहेको जनाउ मुस्लिम-अरब मुलुकहरूले दिइसकेका थिए ।
यसको सामरिक अर्थ हुन आउँछ : प्यालेस्टाइनीविरुद्ध लड्न इजरायललाई उक्साइरहेको अमेरिका अब भू-मध्यसागरबाट हट्नुपर्छ । अन्यथा चीनले चाल्ने कदमले अमेरिकालाई भू-मध्यसागरमै डुबाइदिनेछ ।
जारी संकट समाधान गर्न अरब र मुस्लिम देशले किन चीनबाट नै अपेक्षा गरे त ? यसको जवाफ या निचोड हो : संसारको शक्ति विन्यास अब औपचारिक रूपमै दुई ध्रुवमा बाडिँदैछ । एउटा नयाँ ध्रुवको नेतृत्व चीनले गर्दैछ । अर्को ध्रुवमा चाहिँ अमेरिका रहन्छ कि रहँदैन भन्ने निश्चित छैन । किन कि आर्थिक सम्बन्धमा जेलिएको विश्वलाई अब अमेरिकाले अत्याधुनिक हतियार देखाएर तर्साउन सक्दैन ।
चीनले इजरायल-प्यालेस्टाइन युद्धका मामिलामा शीघ्र युद्धविराम तथा गाजामा मानवीय संकट अन्त्य गर्न राहतका निम्ति जोड दिएको छ । भू-मध्यसागरको तटीय प्रभाव क्षेत्रलाई स्थिर राख्न आफूले अरब-इस्लामिक देशसँग मिलेर काम गर्ने पनि जनाएको छ ।
चीनबाट यस्तो प्रतिक्रिया आएको दुई दिनभित्रै युद्धविराम गर्न इजरायल तयार भएको छ । यसअघि हमासले आफ्नो भूमिबाट नियन्त्रणमा लिएका आफ्ना र अन्य देशका नागरिक उद्दारमा समेत चासो नदिइ गाजापट्टीमा बर्बर आक्रमण जारी राखेको इजरायल चीनको चहलपहलसँगै ताण्डवलाई बीट मार्ने अवस्थामा पुगेको हो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार चीनका विदेशमन्त्री वाङ यीले सोमबार बसेको बैठकमा अरब-मुस्लिम देशका नेताहरूलाई प्यालेस्टाइनीको वैध राष्ट्रिय अधिकार तथा हित स्थापित गराउन आफू दृढतासाथ लाग्ने बताइदिएका थिए । यसको सामरिक अर्थ हुन आउँछ : प्यालेस्टाइनीविरुद्ध लड्न इजरायललाई उक्साइरहेको अमेरिका अब भू-मध्यसागरबाट हट्नुपर्छ । अन्यथा चीनले चाल्ने कदमले अमेरिकालाई भू-मध्यसागरमै डुबाइदिनेछ ।
इजरायल र प्यालेस्टाइन दुबैसँग सीमा जोडिएको इजिप्टका विदेशमन्त्री सामेश सोक्रीले जारी संकटसँग जुध्न चीनले ठूलो भूमिका निभाउन सक्ने बताएका थिए । उनले गाजामा प्यालेस्टाइनीविरुद्ध भइरहेको हमला रोक्न चीन महत्वपूर्ण अन्तरराष्ट्रिय शक्ति भएको दाबी गरे । अमेरिकातर्फ लक्षित गर्दै उनले भने, ‘केही प्रमुख देशहरूले इजरायली हमलालाई समर्थन गरिरहेका छन्, यस्तो दुर्भाग्यपूर्ण अवस्था देख्न परिरहेको छ ।’
प्रतिक्रिया दिनुहोस