aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मंसिर ७ गते अत्यावश्यक काममा मात्रै सवारी लिएर निस्किनुः ट्राफिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ मंसिर २०८०
मंसिर ७ गते अत्यावश्यक काममा मात्रै सवारी लिएर निस्किनुः ट्राफिक

काठमाडौं । ट्राफिक प्रहरीले अत्यावश्यक काममा मात्रै सवारी लिएर निस्किन आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक सूचना जारी गर्दै मंसिर ७ गतेका लागि यस्तो अपिल गरेको हो ।  

भोली अर्थात् मंसिर ७ गते विभिन्न समूहद्वारा र्‍याली जुलुसका सार्थ विरोध प्रदर्शन गर्ने तयारी रहेको छ । यसले गर्दा काठमाडौं उपत्यकाभरि सवारी आवागमनमा असहजता सिर्जना भएकोले अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्किन ट्राफिक प्रहरीले आग्रह गरेको हो । 

सडकमा निस्किुनपूर्व एक सय वा एस सय तीनमा टेलिफोन गरे र ट्राफिक एफएम सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्रै निस्किन समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ । सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने समेत जनाइएको छ । 

May be an image of text that says 'सृचना! सृचना!! सूचना!!! काठमाडीं उपत्यकाका बिभिन्न स्थानहरूमा यहीँ मंसिर ७ गते बिभिन्न समूहद्वारा न्याली जुलुसका साथै विरोध प्र्दशन गर्ने भन्ने बुझिन आएकोले काठमाडौं उपत्यका भरी सवारी आवगमनमा असहजता शृजना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्नहुन ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिए मात्र निस्कन हुन अनुरोध छ। तपाईको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुके ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुंदा ट्राफिक प्रहरीलाई आवश्यक सह्योग गर्हुन विनम्र अनुरोध गर्दछों| काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडाँ|'

प्रतिक्रिया दिनुहोस