
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल लगानिको लागि अनुकुल हुदै गएकाले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेकी छिन् ।
मंगलबारदेखि सुरु भएको एनआरएनएको नवौँ सम्मेलनको उद्घाटनका गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानीको वातावरण सिर्जना भइसकेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरुलाई लगानी गर्न आह्वान गरेकी छिन् ।
उनले भनिन्, नेपालमा आन्तरिक र बाहृय लगानीका वातावरण सिर्जना भइसकेका छन् । ढुक्क भएर लगानी गर्नुस् ।’लगानी सुरक्षाका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको छ ।
राष्ट्रपति भण्डारीर्लेै भनिन्, ‘विश्वभर छरिएर रहेका नेपालीले स्वस्फूर्त रूपमा गरेको सहयोग देशका लागि महत्वपूर्ण छ । पूर्वाधार विकास तथा लोक कल्याणमा गरेको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको छ ।’
प्रतिक्रिया दिनुहोस