
काठमाडौं । मंसिर ७ गते काठमाडौं उपत्यकामा सवारी साधानको व्यवस्थापन गर्न कठिन हुने देखिएर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले अत्यावश्यक अवस्था भएमा घरबाट निस्किन अनुरोध गरेका छन् ।
नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले ७ मंसिर (बिहीबार) एउटै समयमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेकाले उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै उनले अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन लिएर निस्किन भनेका छन् ।
दुर्गा प्रसाईंको कार्यक्रम तालिका
प्रतिक्रिया दिनुहोस