
काठमाडौँ । संसारका सर्वाधिक धनी १ प्रतिशत मानिसहरू यो ग्रहका वास्तविक सैतान रहेको अक्सफामले एक अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ । गरिबी विरोधी परोपकारी संस्था अक्सफामले गरेको खुलासा अनुसार सन् २०१९ मा विश्वको सबैभन्दा धनी १% जनसङ्ख्याले ६६% भन्दा बढी निरपेक्ष गरिबले उत्सर्जन गरेको भन्दा बढी कार्बन उत्सर्जन गरेका थिए ।
धनीहरूबाट हुने व्यापक कार्बन उत्सर्जनका कारण पृथ्वीमा करोडौँ मानिसहरूको ज्यान जाने गरेको छ । गएको सोमबार सार्वजनिक गरिएको प्रतिवेदन यस प्रकारको अध्ययनको सबैभन्दा पछिल्लो जानकारी हो । प्रतिवेदनमा उल्लेख भएअनुसार, सन् २१९ मा वार्षिक १ लाख ४० हजार अमेरिकी डलरभन्दा बढी कर तिर्ने मानिसहरू संसारमा ७ करोड ७० लाख रहेका थिए ।
त्यस्ता अर्बपति/करोडपति मानिसहरूको समूह सन् २०१९ मा विश्वव्यापी कार्बन उत्सर्जनको १६ प्रतिशत हिस्साका लागि जिम्मेवार थियो, जुन सबै कार र सडक यातायातले गर्ने उत्सर्जन भन्दा बढी रहेको अक्सफामले दाबी गरेको छ।
धनीहरूले गरेको अत्यधिक कार्बन उत्सर्जनले कम्तिमा १३ लाख जनामा बढ्दो तापक्रम सम्बन्धित अतिरिक्त मृत्यु निम्त्याएको रिपोर्टमा उल्लेख छ । ‘यो सङ्ख्या भने लगभग आयरल्यान्डको डब्लिन सहरको जनसङ्ख्या बराबर हो’, रिपोर्टमा लेखिएको छ, ‘यी मध्ये धेरैजसो मृत्यु सन् २०२० र २०३० को बीचमा हुनेछ; जसको लागि ती १ प्रतिशत धनी जिम्मेवार छन्’, रिपोर्टमा अगाडी लेखिएको छ।
अक्सफाम इन्टरनेशनलका अन्तरिम कार्यकारी निर्देशक अमिताभ बेहरले भनेका छन्, ‘अति धनीहरूले यो ग्रहलाई लुट्दै विनाशको बिन्दुमा प्रदूषित गरिरहेका छन्, जसले मानवतालाई चरम गर्मी, बाढी र खडेरीमा निसास्सिने बनाएको छ।‘
‘वर्षौंदेखि हामीले लाखौँ जीवन र हाम्रो ग्रहलाई बचाउन जीवाष्म इन्धनको युग अन्त्य गर्न लड्यौँ। यो पहिले भन्दा स्पष्ट छ कि जबसम्म हामी चरम धनको युगको अन्त्य गर्दैनौँ, यो असम्भव हुनेछ,’ बेहरले उल्लेख गरेका छन् ।
प्रतिवेदनले देखाएको छ कि सर्वाधिक गरिब ९९ प्रतिशतलाई एक वर्षमा सबैभन्दा धनी अर्ब पतिहरूले जति कार्बन उत्पादन गर्छन् त्यो गर्न लगभग १५ सय वर्ष लाग्छ।
अक्सफामले गणना गरे अनुसार सबैभन्दा धनी १ प्रतिशतको आयमा लगाएको ६० प्रतिशत करले बेलायतको कुल उत्सर्जनभन्दा बढी उत्सर्जन घटाउनेछ । र, हरित ऊर्जा सङ्क्रमणको लागि भुक्तान गर्न वार्षिक ६.४ खर्ब डलर सङ्कलन गर्न सकिनेछ।
‘सम्पत्तिमा कर नलाग्नाले सबैभन्दा धनीलाई हामीबाट हाम्रो अधिकार लुट्न र हाम्रो ग्रहलाई बरबाद गर्न अनुमति दिन्छ... अत्यधिक सम्पत्तिमा कर लगाउँदा असमानता र जलवायु संकट दुवैसँग लड्ने हाम्रो सम्भावनालाई परिवर्तन गर्छ,’ बेहरले निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस