aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

युवा संघ र प्रसाईंको प्रदर्शनमा हुनसक्ने सम्भावित झडपका लागि सुरक्षा कडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ मंसिर २०८०
युवा संघ र प्रसाईंको प्रदर्शनमा हुनसक्ने सम्भावित झडपका लागि सुरक्षा कडा

काठमाडौं । मंसिर ७ गते (आज) नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्ने बिरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका छन । उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए ।

उपत्यकाको मुख्य स्थानहरुमा नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्दैछन् । प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ ।प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।

जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

दुर्गा प्रसाईंका समर्थकहरुको पदर्शन हुने स्थानहरु

प्रतिक्रिया दिनुहोस