
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावा फुटुङ शेर्पालाई राजदूत अनुमोदन गरेको थियाे ।
दाहालकी पत्नी अमेरिकाको स्थायी बासिन्दा भएको पाइएपछि उनको सिफारिस विवादमा परेको थियाे । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बेवास्ता गर्दै सरकारले गत साता अस्ट्रेलियासहित चार मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस