aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने श्रेष्ठ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ मंसिर २०८०
हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं । हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका २८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका हुन् । 

काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिइ अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ । साथै उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रूपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सिपियु ६ थान, टेलर मेसिन १ थान, सिसिटिभि एनभिआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस