काठमाडौं । बिहीबार काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान भन्दै बल्खुमा प्रदर्शन गरिएको हो ।
राष्ट्रिय झण्डासहित विभिन्न ठाउँबाट आएका प्रदर्शनकारीहरुले बल्खुमा प्रदर्शन गरेका हुन् । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतको सहभागिता थियो ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । प्रदर्शनकारी तोकिएको घेरा तोडेर निषेधित क्षेत्रतर्फ जान खोज्दा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।
हेरौँ, प्रदर्शनका तस्बिरहरु
प्रतिक्रिया दिनुहोस