
एजेन्सी । कतारको अदालतले ८ पूर्व भारतीय मरीनको मृत्युदण्डको सजायविरुद्धको निवेदन स्वीकार गरेको छ । मिडिया रिपोर्टका अनुसार मुद्दाको सुनुवाइको मिति पनि छिट्टै तय हुनेछ। भारत सरकारले करिब १५ दिनअघि नाविकको सजायविरुद्ध अपिल गरेको थियो । यद्यपि यस विषयमा कतार वा भारत सरकारले अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मंसिर ९ गते पुनरावेदन दायर भएको जानकारी दिएका थिए । उनले भने– ‘भारतले यी सैनिकहरूलाई भेट्न दोस्रो कन्सुलर पहुँच पनि पाएको छ । भारत सरकार कतारसँग निरन्तर सम्पर्कमा छ । यो निकै संवेदनशील विषय हो ।’
निवेदनका अनुसार पूर्वसैन्यका परिवारका तर्फबाट मृत्युदण्डको सजायविरुद्ध उच्च अदालतमा पुनरावेदन परेको छ । कतारमा मृत्युदण्डको सजाय सुनाइएका ८ पूर्व नौसेना अधिकृतको नाम क्याप्टेन नवतेज सिंह गिल, क्याप्टेन सौरभ वशिष्ठ, क्याप्टेन वीरेन्द्र कुमार वर्मा, कमाण्डर पूर्णेन्दु तिवारी, कमाण्डर सुग्नाकर पकाला, कमाण्डर सञ्जीव गुप्ता, कमाण्डर अमित नागपाल र सेलर रागेश रहेका छन् । ।
प्रतिक्रिया दिनुहोस