aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दुर्गा प्रसाईं घरमै नजरबन्द, ज्ञानेन्द्र तीनकुनेतर्फ...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ मंसिर २०८०
दुर्गा प्रसाईं घरमै नजरबन्द, ज्ञानेन्द्र तीनकुनेतर्फ...

काठमाडौं । राजा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’का सयोजक दुर्गा प्रसाईं नेतृत्वमा सहभागीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको बेलामा पूर्वराजा ज्ञानेन्द्र शाह भने तीनकुनेतिर लागेका छन् ।

प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म ३० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ । पूर्वराजा शाह भने आज अपरान्ह ३ः३० बजे काठमाडौंबाट झापा जाँदै छन् । उनी तीन कुने भएर विमान स्तथतर्फ जाने उनको सचिवालयले जनाएको छ । 

दुर्गा प्रसाईंको रिहाइको माग गदै उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रवार उनीहरुले प्रसाईंको रिहाइको माग गर्दै भक्तपुरको सानोठिमी सल्लाघारीको मुख्य सडक अवरोध गरेका हुन् ।

दुर्गा प्रसाईंको महाअभियानमा भाग लिन आएका पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली पक्राउ परेका छन् ।

 त्यस्तै, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमाार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री छन् ।

प्रतिक्रिया दिनुहोस