aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जीवित व्यक्तिको मृत्यु दर्ता बनाएर भत्ता खुवाउने सचिवविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ मंसिर २०८०
जीवित व्यक्तिको मृत्यु दर्ता बनाएर भत्ता खुवाउने सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महतोसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारका अनुसार मन्थली नगरपालिका वडा नं. ३ मा आफू जीवितै हुँदै आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र बनाएर आफ्नो श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी आयोगमा परेको थियो । 

तत्कालीन वडा सचिव शिवकुमार महतोले निर्मला खत्रीसँगको मिलेमतोमा निर्मला खत्रीको जीवित श्रीमानको मृत्यु भएको भनी निर्मला खत्रीबाट सूचना लिई सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएका थिए । जीवित व्यक्तिलाई मृत्यु भएको भनी दर्ता अभिलेख तयार गरी (एकल महिला) परिचय पत्र बनाएर ४५ हजार २२० रुपैयाँ भत्ता निकासा गरेको पाइएको छ । 

उनीहरूले सरकारलाई हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । उनीहरूसँग सोही रकम बराबरको बिगो कायम गरि कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।   

 

प्रतिक्रिया दिनुहोस