aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सर्वोत्कृष्ट करदाता बन्यो छिमेक लघुवित्त, भयो सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ मंसिर २०८०
सर्वोत्कृष्ट करदाता बन्यो छिमेक लघुवित्त, भयो सम्मानित

काठमाडौं । लघुवित्त संस्थाहरूमध्ये सबैभन्दा बढी कर बुझाउने छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा बिहीबार अर्थमन्त्री प्रकाश शरण महतले संस्थालाई सम्मानित गरेका हुन् । 

यससँगै सरकारले सबैभन्दा धेरै कर तिर्ने १६ क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गरेको छ । जसमा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ । बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । 

निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबीसी फुड्स एन्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र लगायत पनि सम्मानित भएका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस