aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ मंसिर २०८०
प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो

एजेन्सी । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वात्तै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन् । नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणाम स्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमायौँ ।”

“हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन् । यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारहरूलाई गिरफ्तार ग¥यो, हजारौँ कामदारहरूलाई बर्खास्त गर्यो, र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा परेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो ।”
 
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासी आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको छ । इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ ।  

प्रतिक्रिया दिनुहोस