
काठमाडौं । शुक्रबार अपरान्ह पूर्वराजा ज्ञानेन्द्र शाह झापामा आज हुने विभिन्न कार्यक्रमका लागि गएका छन् । शनिबार दिउँसो १२ बजे मेचीनगरबाट र्याली शुरु हुने र १ बजे इकम कलेजमा पृथ्वीनारायण शाहको शालिक अनावरण हुने कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ ।पूर्वराजा सवारीबाट ओर्लिएपछि केहीबेर पैदल यात्रा गर्ने र जनप्रदर्शनसहित स्वागत गर्ने तयारी छ ।
पूर्वराजा नागरिकहरुको स्वागत अभिनन्दन ग्रहण गर्दै इकम क्याम्पसमा पुग्ने छन् । त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिक पूर्वराजाले अनावरण गर्ने कार्यक्रम छ ।
झापामा पूर्वराजालाई राप्रपाले मोटरसाइकल र्यालीमार्फत बिर्तामोड पुर्याउने तयारी गरेको छ । र्यालीमा ५ हजार बढी मोटरसाइकल हुने दाबी गरिएको छ । पूर्वराजाको झापा भ्रमणलाई सफल बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस