aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बर्दियामा आगलागी, चार जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ मंसिर २०८०
बर्दियामा आगलागी, चार जनाको मृत्यु

बर्दिया ।  बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको हो । प्रहरीले भने घटनाको अनुन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस