
काठमाडौं । दोलखाबाट काठमाडौंमा आएर सघर्ष गर्दै समाज सेवामा लागेकी सविता उप्रेतीले यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारबाट सम्मानित हुने भएकी छिन । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा विगत १४ वर्ष अनवरत रुपमा अभियन सञ्चालन गर्दै आएकी उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको हो । भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि योगदान पुर्याउनेमध्ये एकलाई सन् २०१५ देखि पुरस्कृत गर्दै आइरहेको छ ।
डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानवअधिकार दिवका दिन भारतको नयाँदिल्लीमा पुरस्कार प्रदान गर्ने परिषद्ले जनाएको छ । संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताइन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष संसारभर बालबालिकामा अटिजम रोग बढ्दो मात्रामा देखिएको भन्दै यसका लागि स्वास्थ्य सावधानी अपनाउन अपिल गर्दै आएको छ ।
नेपालमा अटिजम लागेका बालबालिकालाई व्यवहारिक शिक्षा दिने कुनै पनि निकाय नभएका बेलामा १३ वर्षअघि काठमाडौंको बालुवाटारबाट शुरु भएको अटिजम जनचेतना तथा शिक्षा अभियान आज देशैभरी फैलिएको छ । अटिजम लागेका बालबालिका बच्चालाई पढाउन २०६७ मा बालुवाटारमा खोलेको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट ४ सयभन्दा बढीले सेवा पाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस