aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

यूरोपमा वायु प्रदूषणको अवस्था अझै पनि धेरै उच्च छ :  ईयू रिपोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ मंसिर २०८०
यूरोपमा वायु प्रदूषणको अवस्था अझै पनि धेरै उच्च छ :  ईयू रिपोर्ट

कोपनहेगन । हाल यूरोपमा सबैभन्दा महत्वपूर्ण वातावरणीय स्वास्थ्य जोखिम वायु प्रदूषणको रहेको यूरोपेली सङ्घ (ईयू) वातावरणसम्बन्धी निकायले शुक्रबार प्रकाशित एक रिपोर्टमा जनाएको छ । 

“सन् २०२१ मा वायु प्रदूषक सान्द्रता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा यसको वायुको शुद्धतासम्बन्धी दिशानिर्देशमा सिफारिस गरिएको स्तरभन्दा बढी रहेको छ”, युरोपेली वातावरण निकाय (ईईए) ले भनेको छ, “यी दिशानिर्देश स्तरहरूमा वायु प्रदूषण कम गरिएमा ईयू सदस्य राष्ट्रहरूमा उल्लेखनीय सङ्ख्यामा हुने मृत्युहरू रोक्न सकिन्छ ।” 

सन् २०२१ मा युरोपेली सङ्घमा तीन लाख २० हजारभन्दा बढीको मृत्यु तीन मुख्य वायु प्रदूषक सूक्ष्म कण इन पार्टिकुलेट म्याटर, ओजोन र नाइट्रोजन डाइअक्साइडसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।  

डब्ल्यूएचओको सिफारिसअनुसार ‘फाइन पार्टिकुलेट म्याटर (पीएम) २.५० को सान्द्रता भएको भए ईयूमा करिब दुई लाख ५३ हजार मानिसको मृत्यु हुनबाट जोगिन सकिन्थ्यो । यसैबीच नाइट्रोजन डाइअक्साइडबाट हुने प्रदूषणका कारण ५२ हजारको मृत्यु भएको थियो भने अल्पकालीन ओजोनको उपस्थितिको जोखिमका कारण २२ हजार जनाको मृत्यु भएको थियो ।  

ईयूबाहिरका युरोपेली देशहरूको ठूलो समूहलाई समावेश गर्दा युरोपभरि प्रदूषक–सम्बन्धित मृत्युको सङ्ख्या ३८९ हजार पुगेको रिपोर्टमा उल्लेख गरिएको छ । मानव वायु प्रदूषणको सम्पर्कमा आउँदा फोक्सोको क्यान्सर, मुटुरोग, दम र मधुमेहजस्ता केही रोगहरूको जोखिम बढ्ने ईईएको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस