aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पक्राउ परेका बैंक अफ काठमाण्डूका सीईओको लागि आर्थिक सहयोग जुटाउँदै बैंकर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
पक्राउ परेका बैंक अफ काठमाण्डूका सीईओको लागि आर्थिक सहयोग जुटाउँदै बैंकर

काठमाडौं । बैंक अफ काठमाण्ड (बीओके) को कमसल जग्गा धितो प्रकरणमा पक्राउ परेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठका लागि कानूनी र आर्थिक सहयोग जुटाउन बैंकरहरू जुटेका छन् । 

तत्कालीन सीईओ श्रेष्ठ इमानदार हुँदाहुँदै पनि ऋणीको ठगीका कारण कानूनी फन्दामा परेको भन्दै वाणिज्य बैंकका सीईओहरूले उनको वकिल शुल्कमा आर्थिक सहयोग जुटाउने भएका हुन् ।

साथै, नेपाल बैंकर संघले बैंकिङ कसुर ऐन(२०६४ मा भएको कतिपय प्रावधानले इमानदार पनि समस्यामा पर्ने देखिएपछि त्यस्तो प्रावधान परिमार्जनका लागि दबाब दिनसमेत गृहकार्य थालेको छ।

कमसल जग्गा धितो राखी बैंकबाट लिएको करोडौं ऋण रकम नतिरेका ऋणी सुरेन्द्र श्रेष्ठको ठगी प्रकरणमा मुछिएपछि बीओके कमसल धितो प्रकरण सीईओ श्रेष्ठलाई असोजको पहिलो साता केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि नेपाल बैंकर्स संघले सो विषयमा पटकपटक छलफल गर्दै आएको छ ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस