aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सरकारी छाप दस्तखत किर्तेमा संलग्न पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० मंसिर २०८०
सरकारी छाप दस्तखत किर्तेमा संलग्न पाँच जना पक्राउ

मोरङ । सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका ४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् ।

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई आ(आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस