
काठमाडौं । २६ जना प्रहरी लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको पाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रहरी महानिरीक्षकको सचिवालय कानुन शाखाले एक सूचना जारी गर्दै २६ जना प्रहरी कार्यालयको सम्पर्कमा नरहेको जानकारी दिएको हो ।
उनीहरूको नाममा हाजिर हुन आउनेबारे सूचना जारी गर्दै विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत सम्पर्कमा नआएको जानकारी दिइएको छ । आइतबार सूचना जारी भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित कार्यालयमा हाजिर हुन आग्रह गरिएको छ ।
तोकिएको समयमा सम्पर्कमा नआए सेवाबाट हटाउने कारबाही हुने समेत जनाइएको छ । सम्पर्कमा नरहेका प्रहरीहरूमा अमृत तारा बिक, दीपेन्द्र थापा, खुम बहादुर थापा, उमेश प्रसाद चौधरी, धर्मेन्द्र सिंह, यादव पुन, सुनिल चौधरी, संदिप कामी र अरविन्द सिंह धामी रहेका छन् ।
त्यस्तै, सौजन राई, नरेश कार्की, सुमन सिंह, ईमान सिंह सुनार, प्रविन श्रेष्ठ, हेमराज विष्ट, सन्तोष लिम्बु, सुचन कुमार राई, दीपेन्द्र कार्की, सविता लामिछाने, सागर खत्री, सन्तोष परियार, गणेशमान ओली, दिपेश सुनार, दिलिप कुमार ठाकुर, राज कुमार मेस्तर र रबिन चौधरी पनि सम्पर्कमा नरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस