aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कुलेखानी तेस्रोको निमार्ण कार्य सम्पन्न, दुई हप्ता पछि नियमित विद्युत उत्पादन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
कुलेखानी तेस्रोको निमार्ण कार्य सम्पन्न, दुई हप्ता पछि नियमित विद्युत उत्पादन

हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका-१ सानुटारमा निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न भएको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिल्लुन इलेक्ट्रोमेकानिकल लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजना निर्माणको काम तोकिएको समयभन्दा ८ वर्ष ढिलो गरी सम्पन्न भएको हो। 

पटकपटक समय थप गर्दा पनि काम सम्पन्न नभएपछि झेजियाङलाई ४ वर्षदेखि हर्जना तिराएरै काम गर्न लगाइएको थियो। १४ मेगावाट विद्युत्  उत्पादन क्षमताको आयोजनाको हाल परीक्षण उत्पादन भइरहेको छ ।

आयोजनामा रहेको दुई वटा मेसिनमध्ये पालैपालो दुवैको परीक्षण भइरहेको र नियमित उत्पादन सुरु गर्न करिब दुईहप्ता समय लाग्ने आयोजना प्रमुख सभाष मिश्रले बताए। “७र७ मेगावाट क्षमताको दुईवटा मेसिनमध्ये दशैंअघि नै एउटा मेसिनको परीक्षण सकिएको छ, सोमबारबाट अर्को मेसिन चलाउन सुरु गरेका छौं, अब केही दिनमा नै परीक्षण सक्याएर हामी नियमित उत्पादन थाल्छौं ।” आयोजना प्रमुख मिश्रले भने।

आयोजनाबाट उत्पादित विद्युत्कु लेखानी दोस्रोसँगैको प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । इन्द्रसरोबर जलाशयमा जम्मा भएको पानीबाट सञ्चालित कुलेखानी पहिलो र कुलेखानी दोस्रोको क्यासेट आयोजनाको रुपमा कुलेखानी तेस्रो निर्माण गरिएको हो । 

इन्द्रसरोबर जलाशयबाट कुलेखानी पहिलो चलाउन हालिएको पानीबाट कुलेखानी दोस्रो र तेस्रो आयोजनाबाट पनि विद्युत्नि काल्न सकिनेछ । विद्युत् उत्पादनको लागि पानी खसाल्न कुलेखानी दोस्रोबाट तेस्रोसम्म ४ दशमलव २ किमि सुरुङ निर्माण गरिएको छ। 

२०६४ सालदेखि निर्माण सुरु भएको आयोजना ४ वर्षभित्र सक्ने लक्ष्य लिइएको थियो । जेजियाडले विद्युत् निकाल्न जेनेरेटर आपूर्ति, जडान र प्रशारण लाइनसम्म पहुँच विस्तारको काम जिम्मा लिएको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस