aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० मंसिर २०८०
दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा

एजेन्सी । छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ । राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा एनआइएसका निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकार गरेको योन्हापले कुनै विवरण उल्लेख नगरी बताएको छ ।

एनआइएसका अन्य दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् । स्थानीय मिडिया रिपोर्टहरूका अनुसार यस वर्षको जुनदेखि गुप्तर एजेन्सीमा चलिरहेका कर्मचारी व्यवस्थापनका मुद्दाहरूसँग ती राजीनामा जोडिएको देखिन्छ । उत्तर कोरियाले उसको हतियार कार्यक्रमहरूको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेपछि यो परिवर्तन आएको हो ।

पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किमलाई युनको चुनाव विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो ।योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआइएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले बताएको छ । 

प्रतिक्रिया दिनुहोस