aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

घरको डाक्टरले निःशुल्क निर्माण सम्बन्धी प्राविधिक परामर्श दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० मंसिर २०८०
घरको डाक्टरले निःशुल्क निर्माण सम्बन्धी प्राविधिक परामर्श दिने

काठमाडौं । घरसँग सम्बन्धित विभिन्न जग खन्ने देखि घर निर्माण र समस्या समाधान सेवाहरू दिँदै आएको स्किल सेवाले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्ने भएको छ । विगत ५ वर्ष देखि घर र घरकै समस्याहरूको स्रोत पहिचान र समस्या समाधानमा काम गर्दै आइरहेको यस कम्पनीले यस्तो कार्यक्रम गर्न लागेको हो ।  

आफ्ना ३ शाखाहरू समेतबाट ४० हजारभन्दा बढी समस्या भएको घरहरूमा आफ्ना सेवा प्रदान गरी सके पश्चात समस्यारहित घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनु पूर्व के–कस्ता कुरामा ध्यान दिने कम्पनीको सामाजिक उत्तरदायित्व स्वरूप निःशुल्क परामर्श कार्यक्रमको आयोजना गरिएको हो । हरेक हप्ताको शनिवार बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्म कम्पनीको मूख्य कार्यालयमा  निःशुल्क परामर्श कार्यक्रम हुने कम्पनीका सिइओ रमेश तिमिल्सिनाले बताए ।

देशका प्रमुख सहरहरू पोखरा, चितवन र बुटवलबाट समेत सेवा दिँदै आएको स्किल सेवाले कार्यक्रम मार्फत सर्वसाधारणलाई घर बनाउँदा समस्या रहित, दिगो, सुरक्षित कसरी बनाउने भन्ने बारेमा विशेष परामर्श दिन लागेको जानकारी दिएको छ । जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक रहेको उनले जानकारी दिए ।

यस कार्यक्रमको लाभ लिन चाहनुहुने घरधनीहरूले हरेक हप्ताको बिहिबार अगावै कम्पनीको वेबसाइट अथवा सम्पर्क नम्बरमा सम्पर्क गरी समय लिन सक्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस