काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालयलाई जनपद र प्राविधिकतर्फ गरी रिक्त दरबन्दीका लागि भर्ना प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
नेपाल प्रहरीमा हाल जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या पुनारो स्वीकृत दरबन्दीभन्दा ११ हजार ६ सय ४ कम हो । नयाँ दरबन्दीथप भएसँगै प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सय २३ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस