aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आजको  मौसम पूर्वानुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ मंसिर २०८०
आजको  मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा  सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हिमपात हुने सम्भावना रहेको छ।

राती सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा  सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहनेछ। सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हिमपात हुने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस