aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ मंसिर २०८०
स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको पैसासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२–१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस