aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने निमराज पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ मंसिर २०८०
पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने निमराज पक्राउ

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका २६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका ३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डाँगीले १ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस