aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारि संख्यामा उपसचिव र सहसचिवको भर्ना आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
भारि संख्यामा उपसचिव र सहसचिवको भर्ना आह्वान

काठमाडौं । लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो । 

आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ ।

आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ । त्यस्तै, १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको छ । 

मुलुक संघीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक यी पदमा विज्ञापन आ्हवान भएको हो । यससँगै २ वर्षदेखि अवरुद्ध हुँदै आएको प्रक्रियाले निरन्तरता पाउने भएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस